नेप्सेले आशा जगायो, लयमा फर्किएला शेयरबजार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र १, शुक्रबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र १,काठमाडौँ । पूँजीबजार लगानीकर्ताहरुका लागि यो साता त्यति फलादायी बन्न सकेन । साताभर भएको कारोबार फलदायी बन्न नसके पनि लगानीकर्ताहरुका लागि यो साताको अन्तिम दुई दिनको कारोबारले आशा भने जगाएको छ ।

लामो समयदेखि ओरालो लागेको बजारमा साताको अन्तिम दुई दिन अर्थात बुधबार र बिहीबार भने उकालो लाग्यो । बुधबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बिहीबार झिनो अंकले नै भए पनि उकालो लागेपछि लगानीकर्ताहरु हर्षित देखिएका हुन् ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८५ कम्पनीहरुको कारोबार भएको छ । आइतबारदेखि बिहीबारसम्म २२ हजार ५ सय २० वटा कारोबार भए ।

सातामा ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्सेले दिएको जानकारी अनुसार ४५ लाख दुई हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री हुँदा एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । सात करोड ८४ लाख रुपैयाँको कारोबार गदै नेपाल लाइफ पहिलो स्थानमा देखिएको हो ।

त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा मेगा बैंक अग्रस्थानमा रहेको छ । एक लाख ७५ हजार कित्ता कारोबार गर्दै मेगा अग्रस्थानमा देखिएको हो । उता कारोबार संख्या १ हजार २ सय ६५ का आधारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस