कार्तिक १६,दैलेख । दैलेखमा ग्यास उत्खनन परिक्षणको निम्ति चाइनिज क्याम्प स्थापना भएको छ । चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभाग सहकार्यमा दैलेखको शिरिस्थानमा मिथेन ग्यासको उत्खननको लागी क्याम्प स्थापना गरीएको हो अब धमाधम काम शुरु हुनेछ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार हुँदा नाकाबन्दीसँगै मुलुकभर पेट्रोलियम पदार्थको चरम सङ्कट परेपछि विसं २०७२ मङ्सिर २१ गते तत्कालीन सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको टोलीले दैलेखको शिरिस्थानमै आएर पेट्रोलियम पदार्थको अनुसन्धान गरी उत्खनन गर्न सकिने घोषणा गरेको थियो ।
त्यतिबेला नै अनुसन्धान गरी चीन फर्केको चिनियाँ टोलीले पेट्रोलियम पदार्थ मिथेन ग्यास भएको पुष्टि गरेपछि दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन गर्न चीनको कम्पनीसँग सम्झौता गरेलगत्तै उत्खनन गर्ने बाटो खुलेको छ ।
दैलेखका शिरिस्थान, नाभिस्थान, पादुका, धुलेश्वरलगायत पञ्चकोशी क्षेत्रमा सयौँ वर्षदेखि ज्वालाका रुपमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भैसकेको छ।