एनसेलबारे सर्वाेच्चको फैसलाको पूर्णपाठ आज, के हाेला फैसला ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक २९, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक २९, काठमाडौं । टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको पुँजीगत लाभकर सम्बन्धी विवादका सम्बन्धमा सर्वोच्च अदालतले आज (शुक्रबार) फैसलाको पूर्णपाठ सुनाउने तयारी गरेको छ ।

एनसेलबारे सर्वोच्चको संक्षिप्त आदेश यसअघि नै आए पनि फैसलाको पूर्णपाठ भने आज सुनाउने तयारी छ । यसअघि सर्वोच्चले एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने संक्षिप्त आदेश सुनाएको थियो ।

अदालतको उक्त आदेश बदनीयतपूर्ण रहेको भन्दै संसदीय समितिले अध्ययन गर्न समिति गठन गरेका थिए भने राजनीतिक तहमा तीव्र विरोध भएको थियो । आज सर्वोच्चले सुनाउने फैसलाको पूर्णपाठलाई अत्यन्त चासोका साथ हेरिएको छ ।

अदालत उच्च श्रोतका अनुसार न्यायाधीशहरु एनसेल फैसलाको पूर्णपाठबारे एकमत भइसकेका छैनन् तर आजै पूर्णपाठ सुनाउने गरी तयारी भने भइरहेको छ। मंसिर लागेपछि एनसेलले एक महिनाको थप कर तिनुपर्ने भएकोले सकभर आजै पूर्णपाठ सुनाइने तयारी भएको श्रोतले बताएको छ ।

एनसेलले कार्तिकभित्रै फैसलाको पूर्णपाठ सुनाउन माग गरिरहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस