यूएई र कतारमा नेपाली तरकारीकाे माग बढ्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर १३, शुक्रबार (५ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

मंसिर १३, काठमाडौं । संयुक्त अरब इमिरेट्स् (यूएई) र कतारमा नेपालबाट श्रम मात्र होइन, तरकारी पनि निर्यात हुन थालेको छ । यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रूचाइन थालिएको छ ।

नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ । महँगी र अभावका कारण मागअनुसार पठाउन नसकिए पनि हप्तामा दुईपटक छ\सात मेट्रिक टन तरकारी पठाउने गरेको अलसमन इन्टरनेसनल नेपालका निर्देशक कल्याण घिमिरेले बताए ।

झण्डै एक वर्षदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र पठाउने गरेको बताउँदै उनले कतारमा १५ हजार मेट्रिक टन नेपाली तरकारी माग रहेको बताए । नेपालमै तरकारी अभाव भएकाले माग अनुसारको पठाउन नसकिएको उनको भनाइ छ ।

भदौदेखि यूएई पनि पठाउन थालिएको छ । त्यहाँ दैनिक तीनदेखि चार हजार मेट्रिक टन तरकारी पठाउने सम्झौता भएको छ तर उत्पादन कम भएका कारण अहिले मागअनुसार पठाउन नसकिएको उनले बताए ।

उनले भने, ‘नेपालमा एक त तरकारी महँगो छ, त्यसमा पनि उत्पादन कम छ, त्यही भएर मागअनुसार पठाउन सकिएको छैन । यदि सरकारले सहयोग ग¥यो भने दैनिक चार–पाँच हजार मेट्रिक टन पठाउने उहाँले दाबी गर्नुभयो ।’

त्यहाँका मलमा नेपाली तरकारी भनी ‘लेबल’ राखेर नै बेचिरहेको देख्दा खुसी लागेको बताउँदै उनले वैशाखदेखि १० हजार मेट्रिक टन तरकारी कतार लैजाने तयारी भइरहेको बताए । गाेरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस