विद्युतीय बस खरिदका लागि छुट्याएको ३ अर्ब महिनौंदेखि थन्कियो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर १५, आईतबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौं । सरकारले प्रदूषणरहित उपत्यका बनाउने र सार्वजनिक यातायातलाई बढावा दिने योजनाअन्तर्गत विद्युतीय बस खरिदका लागि छुट्याएको ३ अर्ब रुपैयाँ महिनौंसम्म थन्किएको छ ।

सरकारले साझा यातायातमार्फत खरिद गर्ने भनिएको विद्युतीय बस कस्तो ल्याउने भन्ने विषयमा नै अन्योलता सिर्जना भएको हो । विद्युतीय बस खरिदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातको ३ अर्ब रुपैयाँको सेयर खरिद गरेको पाँच महिना बित्दासमेत खरिद प्रक्रिया अन्योलमा छ ।

पछिल्लो समय ‘स्पेसिफिकेसन’ (कस्तो बस खरिद गर्ने भन्ने विवरण)का विषयमा मन्त्रालय र साझा यातायातबीच विवाद देखिएको छ । राजधानी दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस