मंसिर १८, काठमाडौं । दिनप्रतिदिन महँगिदै अभाव हुँदै आएको प्याज चिनबाट भित्रिन थालेपछि मूल्य घटेको छ । प्रतिकिलो २ सय ५० रुपैयाँको हाराहारीमा रहेको प्याजको मूल्य भने घट्न थालेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सुकेको प्याजको थोक मूल्य १ सय ५० रुपैयाँ रहेको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव हुने थालेको प्याजको खुद्रा मूल्य गत आइतबार २ सय थियो भने सोमबार १९० रुपैयाँ कायम भएको थियो । १ सय ८० सम्म झरेको कालीमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।