फाल्गुण ८, काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई नियमन गर्ने नाममा राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई आफ्नो नियन्त्रणमा लिन खोजेको लगानीकर्ताले आरोप लगाएका छन् । सरकारले हालै संसद्मा दर्ता गरेको बैंक तथा वित्तीय संस्था ऐन संशोधनमा गरिएका व्यवस्थाका कारण लगानीकर्ता सशंकित भएका हुन् ।
बैंक तथा वित्तीय संस्था परिसंघका महानिर्देशक गोपाल तिवारीले प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको चयनदेखि सञ्चालक समितिको अध्यक्षको उमेर हद तोक्नेसम्मको काम राष्ट्र बैंकले गर्न खोजेपछि बैंक तथा अन्य क्षेत्रमा लगानी गर्ने त्रसितबन्न थालेको बताए । यसले गर्दा देशमा लगानीको वातावरण बिग्रन गइ सम्पूर्ण आर्थिक क्षेत्र नै धरासायी हुने उनको दाबी छ ।
बैंक तथा अन्य सिर्जनशील क्षेत्रमा लगानी गर्न खोजिरहेका लगानीकर्ताका लागि सरकारले ल्याउन लागेको बैंक तथा वित्तीय संस्था विधेयकले हतोत्साही बनाउन खोजेको लगानीकर्ताको भनाइ छ ।