कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे सरकारले अध्ययन गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन २२, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण २२, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट विश्वव्यापी उत्पन्न संकट र त्यसले मुलुकको अर्थतन्त्रमा पारेको प्रभाव बारे सरकारले अध्ययन गर्ने बताईएको छ । अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार अर्थमन्त्रालयमा एक उच्चस्तरीय टिमले अर्थतन्त्रमा परेको प्रभावका सम्बन्धमा अध्ययन गर्न थालिसकेको छ ।

यस सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट समेत अध्ययन हुने उनले जानकारी दिए ।
पर्यटन आगमन र व्यापारमा कोरोनाको असर देखिन थालेको उनले जानकारी दिए । बजारमा आपूर्ति व्यवस्था सहज बनाउन सरकार सक्रिय रहेको समेत उनले जानकारी दिए । कोरोनाको संक्रमण विश्वव्यापी रुपमा बढ्दै गएपछि चीनतर्फको व्यापार करीव ठप्प भएको छ । बजारमा मास्क र स्यानिटाइजरको अभाव देखिन थालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस