नेपालमा जम्मा कति छ सुन ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन २४, शनिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

फाल्गुण २४, काठमाण्डौ । सुन सम्पन्नताको प्रतीक हो । कतिपयको दिमागमा संसारमा कति सुन छ ? त्यसको कति प्रतिशत नेपालमा छ भन्ने प्रश्न आउन सक्छ । अहिले नेपालमा सुनको मूल्य हालसम्मकै उच्च छ । विश्व सुन परिषद ‘वर्ल्ड गोल्ड काउन्सिल’का अनुसार हालसम्म विश्वमा १ लाख ९० हजार ४० मेट्रिक टन सुन निकालिएको छ । जसमध्ये गहनाका रूपमा ९० हजार टन भन्दा बढी प्रयोग भएको छ भने अन्य अरू कामका लागि प्रयोग भइरहेको छ ।

सुन धेरै हुने देशहरूमा पहिलो नम्बर हो अमेरिका । यहाँ सबैभन्दा धेरै ८ हजार १ सय ३३ टन सुन रहेको तथ्य सार्वजनिक भएको छ । धेरै सुन राख्ने दोस्रो देश जर्मनी हो, जहाँ ३ हजार ६ सय ६६ टन सुन छ । सुन धेरै हुने तेस्रो देश इटाली हो । इटालीसँग २ हजार ४ सय ५१ टन सुन रहेको छ ।
त्यस्तै छिमेकी देश भारतसँग ६ हजार १ सय १८ टन सुन छ । भारत धेरै सुन हुने देशमध्ये ९औं नम्बरमा पर्छ । नेपालमा चाहिँ कति होला त सुन ? यसको जवाफ सुन्ने हो भने तपाईं दंग पर्नुहुनेछ । नेपालमा जम्मा करीब ६ टन सुन छ । ट्रेडिङ इकोनोमिक्स डट कमका अनुसार पछिल्लो छ महिनामा नेपालमा सुनको मात्रा स्थित ६ दशमलव ४३ टन छ । सन् २००० भन्दा अघि यो मात्रा जम्मा ३ टन थियो ।लोकान्तर

ताजा अपडेट

खोजी गर्नुहोस