जेठ १,काठमाडौँ । चन्द्रगिरी नगरपालिका वडा नम्बर ८ मा आइएमई लाईफ इन्सुरेन्सले लकडाउनको बेला खाना खुवाउन खटिएका ४० जना स्वयसेवकको निशुल्क बिमा गरेको छ । नगरपालिकाको वडा नम्बर ८ मा लकडाउनबाट प्रभावित गरिव, असाहय र असंगठित क्षेत्रमा काम गर्ने मजदुरका लागी निशुल्क भोजन गर्न खटिएका स्वयमसेवकको निशुल्क बिमा गरिएको हो ।
सो बिमा रकम १ लाख रहेको छ । बिमा योजनाको रक्षाबरण २ लाख ६० हजार रहेको आइएमई लाइफ ईन्सुरेन्स कलंकीका प्रमुख डा. निरञ्जन रिजालले अनलाईन केन्द्रलाई बताए । सो वडामा बैशाख २२ गतेदेखि निशुल्क भोजन कार्यक्रम निरन्तर चलिरहेको छ । ऊँ श्री जयश बहुउदेश्यि सहकारी संस्था का सिइओ तथा समाजसेवी जगदिश रिजालद्धारा सम्पुर्ण स्वयसेवीको बिमा आइएमई लाइफ इन्सुरेन्सबाट गरिएको हो ।
वडाका अध्यक्ष सन्तोष खड्काको संयोजनमा दैनिक ७ सय जनालाई बिहान ९ बजेदेखि १२ बजेसम्म निशुल्क भोजनको व्यवस्था हुँदै आएको छ । सो क्रममा आईएमई लाइफ इन्सुरेन्स कलंकीका प्रमुख रिजालले वडामा मानव सेवा अन्तगर्त निशुल्क भोजन व्यवस्थामा खटिएका स्वयमसेवकको बिमा गर्न पाउदा खुसी लागेको बताए । उनले यस्तो बिषम परिस्थितीमा मानव सेवामा खटिने सवै स्वयमसेवकमा हार्दिक आभारसमेत व्यक्त गरेका छन ।