उत्तरी नाकाबाट एक वर्षदेखि रोकियो निर्यात

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन १९, सोमबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज १९, काठमाण्डौ । चीनले झन्डै एक वर्षदेखि नेपालबाट स्थलमार्गमार्फत हुने निर्यात रोकेको छ  । कोभिड–१९ लाई कारण देखाउँदै चीनले एकतर्फी नाका मात्रै सञ्चालन गर्दा उत्तरी नाकाबाट हुने नेपालको निर्यात ठप्प भएको हो । तातोपानी नाकाबाट अघिल्लो कात्तिकदेखि र रसुवा नाकाबाट माघदेखि निर्यात भएको छैन । आयात पनि आंशिक मात्रै हुँदै आएको छ । अघिल्लो आर्थिक वर्षको माघसम्ममा रसुवा नाका हुँदै नेपालले ५८ करोड २३ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो । त्यसयता रसुवाबाट हुने निर्यात शून्य छ ।

त्यस्तै, गत आवको कात्तिकसम्ममा तातोपानी नाकाबाट नेपालले १३ करोड ७६ लाख रुपैयाँबराबरको वस्तु निर्यात गरेको थियो । त्यसपछि तातोपानी नाकाबाट समेत निर्यात शून्य रहेको भन्सार विभागको तथ्यांक छ  ।

ताजा अपडेट

खोजी गर्नुहोस