बक्यौता रकम बुझाउने सुविधा लिनका लागि ३० दिनभित्र उपस्थित हुन प्राधिकरणको निर्देशन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २४, मंगलबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पुस २४,काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिनेका लागि ३० दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

यही पुस १६ गतेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो ।

निर्णय अनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिनेछ ।

यो सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन सूचना जारी गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस