आज पनि घट्यो सुनको मुल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २५, बुधबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको जानकारी दिएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । मंगलबार तोलामा २०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार ७०० रुपैयाँले घटेको थियो । आजपनि घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ छ । हिजो मंगगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । महासंघका अनुसार तोलामा ५ रुपैयाँले घटेसँगै आज चाँदी १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा १४ सय १५ रुपैयाँ कायम थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस