साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा, १५ प्रतिशत बोनस सेयर दिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २६, बिहिबार (१ साल अघि)
  • २२ पटक पढिएको
साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा, १५ प्रतिशत बोनस सेयर दिने

पौष २६, काठमाण्डौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बेलुका ५.४५ मा बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९र८० का लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आवको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद कर प्रयोजनका लागि गरी कुल १५.७९ प्रतिशत लाभांशको घोषणा गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस