हिमालयन लघुवित्तद्धारा GMW – 2024 कार्यक्रम सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० चैत्र १३, मंगलबार (१ साल अघि)
  • ३६ पटक पढिएको
हिमालयन लघुवित्तद्धारा GMW – 2024 कार्यक्रम सम्पन्न

चैत्र १३, काठमाण्डौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि चैत ५ देखि ११ गतेसम्म Global Money Week (GMW) – 2024  को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । 

कम्पनीले वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु संचालन गर्नुको साथै प्लेकार्ड, ब्यानर आदिको प्रयोग गरी ¥याली समेत आयोजना गरेको थियो । संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन(GMW) – 2024 ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रमबाट करिब १८ हजार जना लाभान्वित भएको संस्थाले जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस