घटेको शेयर बजारमा बढ्दो कारोबार !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ २९, बिहिबार (१ दिन अघि)
  • ८८ पटक पढिएको
घटेको शेयर बजारमा बढ्दो कारोबार !

जेठ २९,काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार ९.०८ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । नेप्से परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज १२ अर्ब ५१ करोडको भयो ।

९९ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो । आज होटल तथा पर्यटन समूहमा उच्च वृद्धि देखिएको छ । सो समूह २.१४ प्रतिशत बढ्यो । होटलका अलवा हाइड्रोपावर समूह ०.२२ र फाइनान्स ०.८९ प्रतिशत बढे ।

बैंकिङ ०.६२, विकास बैंक १.००, लगानी ०.४१, जीवन बीमा ०.५१, उत्पादन तथा प्रशोधन ०.५१, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.४८, अन्य ०.२९ तथा व्यापार १.०९ प्रतिशत घटे ।

पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।  गुराँस लघुवित्तको मूल्य ९.९ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर, राधि विद्युत्, युनिभर्सल पावर र बुटवल पावर छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस