बिश्वमा कोरोना अपडेट : ३ लाख ४३ हजारभन्दा बढी संक्रमित थपिँदा ७ हजारभन्दा धेरैको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २६, सोमबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ २६, काठमाडौ । विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ४३ हजार ६८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण विश्वमा सात हजार सात सय ७८ जनाको मृत्यु भएको छ । यससँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६६ लाख ७३ हजार नौ सय ८९ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म २३ लाख २६ हजार सात सय ७३ जनाको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा अमेरिकामा सबैभन्दा बढी ८७ हजार पाँच सय जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा त्यहाँ एक हजार तीन सय ४० जनाको मृत्यु भएको छ । बेलायतमा थप १५ हजार आठ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण तीन सय ७३ जनाको मृत्यु भएको तथ्यांक छ । भारतमा ११ हजार छ सय ७३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा ८६ जना संक्रमितको मृत्यु भएको छ । ब्राजिलमा थप २६ हजार आठ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सोही अवधिमा कोरोनाका कारण चार सय ९२ जनाको मृत्यु भएको तथ्यांक छ । रूसमा पछिल्लो २४ घण्टामा १६ हजार ४८ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने चार सय ३२ जनाको मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा १९ हजार सात सय १५, दक्षिण अफ्रिकामा दुई हजार चार सय ३५, कोलम्बियामा छ हजार नौ, मेक्सिकोमा १३ हजार दुई सय नौ, इरानमा सात हजार ६५, जर्मनीमा छ हजार चार सय ४२, इटलीमा ११ हजार छ सय ४१ तथा अर्जेन्टिनामा तीन हजार छ सय ५८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस