बैशाख १, काठमाडौँ । यही बैशाख १३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक भएको छ ।
भूकम्प र बैदेशिक रोजगारीको समस्याका बारेमा निर्मित चलचित्रको ट्रेलर युट्युव च्यानल भिरगो टिभि मार्फत सार्वजनिक गरिएको हो ।
लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ ।
साथै चलचित्रमा सुरेन्द्र बुढाथोकी, रश्मी शाह, रबिन भुजेल, रश्मी भट्ट, अशोक पहरी, करन साउद, डिजे सन्दिप खत्री, दिनेश सापकोटा लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।