गीतकार देवकोटाको नयाँ गीत ‘तस्विर’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ जेष्ठ १, बुधबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

जेठ १, काठमाडौँ । मुक्तककार एवम् गीतकार विष्णुबाबु देवकोटाको नयाँ गीत ‘तस्विर’ सार्वजनिक भएको छ । देवकोटाको शब्द रचना रहेको उक्त गीतमा चर्चित गायक सनुप पौडेल र निशा कँडेलले स्वर दिएका छन् । निशा कँडेलको युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको उक्त गीतमा टिका दाहालले सुमधुर सँगीत भरेका छन् ।

माया पिरतीले सुसज्जित उक्त गीतको भिडियोमा पुजा शर्मा र आकाश श्रेष्ठले एकआपसमा मायामा लिन छन् । विहे गरेर बाजा बजाउने कुरा गर्दै उनीहरु रोमान्स गरिरहेको भिडियोमा देख्न सकिन्छ । भिडियोको निर्देशन भने निकेश खड्काले गरेका छन् भने राहुल प्रधानले एरेन्ज गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस