नयाँ शक्तिको सङ्घीय बैठक आजदेखि

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ कार्तिक १४, बुधबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कात्तिक १४, काठमाडौं । नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक आजदेखि राजधानीमा बस्ने भएको छ ।

यही कात्तिक १४ र १५ गते बस्ने दुईदिने बैठक बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा बस्ने तय भएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजनाको विषयमा छलफल हुनेछ ।

बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका विषयमा तथा पार्टीले लिनुपर्ने रणनीतिका बारेमा ठोस निर्णय हुने उहाँेले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस