कार्तिक १७,काठमाडौँ । ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । उनलाई गएराति काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।
छातिमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । मन्त्री पुनको उपचारमा डा. यादव भट्ट लगायतको टोली संलग्न छ ।
यसअघि जण्डिस बिग्रिएपछि पुनलाई थाइल्याण्डमा उपचार गरिएको थियो ।