वास मिडिया फोरममा मन्त्री मगरले भनिन्–‘मेलम्ची ल्याउन सरकार आतुर छ’

Post Thumbnail

पुस ९,काठमाडौँ । खानेपानी मन्त्री विना मगरले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाका सवालमा दवाबको स्थिती आएको बताएकी छिन । राजधानीमा वास मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा मन्त्री मगरले मेलम्ची आयोजनामा कुनै द्धविधा उत्पन्न नभएको भन्दै ठेकेदार कम्पनी सिएमसीसंग छलफल भईरहेको बताउदै सरकारले सिएमसीसंगै सहकार्य गर्न चाहेको प्रष्ट पारिन् । उनले मेलम्ची ल्याउन सरकार आतुर रहेको तर त्यसमा हतारको फाईदा अरुले नउठाओस भन्ने चाहना रहेको बताईन् । मन्त्री मगरले मन्त्रालय नै कानुनविहिन भएकोले अहिलेसम्म प्रभावकारी काम देखिन नसकेको जिकिर गरिन । उनले भनिन– ‘अहिलेसम्म हामीसंग कानुन नै थिएन,अव कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो नै हाम्रो मुख्य उपलब्धी हो ।’

मन्त्री मगरले खानेपानी र सरसफाईको क्षेत्रमा कलम चलाउन स्थापना भएको वास मिडिया फोरमको प्रगतीको शुभकामना दिँदै संगै हातेमालो गर्न तयार रहेको बताईन । उनले भनिन–’वास मिडियाले फिल्डमै पुगेर सरकारलाई खानेपानी र सरसफाईको अवस्थाको बारेमा जानकारी गराउने उदेश्य राखेकोमा खुसी छु ।’ उनले अव वास मिडियाले खानेपानी र सरसफाईको क्षेत्रमा आवाज बुलन्द गरेर सरकारलाई घच्घच्याउनु पर्ने बताईन कार्यक्रममा संघियतामा खानेपानी तथा सरसफाई र गन्तव्य ः दिगो विकास लक्ष्य–६ अन्तक्रिया र वास मिडिया फोरम नेपाल सार्वजनिकिकरण भएको छ । खानेपानी व्यवस्था विभागका सुचना अधिकृत पुर्ण प्रसाद उपाध्यायले खानेपानी र सरसफाईको क्षेत्रमा सरकारले गरिरहेको कामका सन्दर्भमा प्रस्तुतीकरण दिएका थिए । वास मिडियाका उपाध्यक्ष नविन पल्लवले वास मिडियाको संस्थागत चिनारी र भावी कार्ययोजनाका विषयमा प्रष्ट पारेका थिए ।

‘वास मिडिया फोरम अरु भन्दा फरक हुन्छ’–उपाध्यक्ष पल्लव

यसैबर्षमा स्थापना भएको वास मिडिया फोरम अरुभन्दा फरक रहने फोरमका उपाध्यक्ष नविन पल्लवले अनलाईन केन्द्रलाई बताएका छन । उनले मिडिया फोरम दुरदराजमा रहेको खानेपानी र सरसफाईको सवालमा समाचार तयार पार्न र सरकारलाई घच्घच्याउन अग्रसर हुने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस