प्रधानमन्त्रीको व्यस्तता, कृषि बजारको उद्घाटनदेखि बर्जु तालको निरीक्षणसम्म

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र ३, आईतबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन मोरङ र सुनसरी जाँदैछन्।

प्रधानमन्त्री ओली आज दिनभर कृषि बजारको उद्घाटनदेखि बर्जु तालको निरीक्षण गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली आइतबार बिहान ११ बजे मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उद्घाटन गर्नेछन्।

यस्तै दिउँसो साढे १२ बजे विराटनगरमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रदेश १ का सदस्यहरुलाई सपथ गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले आजै अपराह्न बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन गर्ने कार्यक्रमछ।

ताजा अपडेट

खोजी गर्नुहोस