महादेवबेंशी पुलमा भेटिएको बम सेनाद्वारा निष्कृय

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ जेष्ठ १३, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले झण्डै चार घण्टापछि निष्कृय पारेको छ ।

जेठ १३,काठमाडौँ । आइतबार राति साढे १ बजेतिर फेला परेको शंकास्पद नेपाली सेनाको टोलीले सोमबार बिहान साढे ५ बजेतिर निष्कृय पारेको हो । विष्फोटक पदार्थ निष्कृय पार्न गजुरीबाट नेपाली सेनाको टोली बोलाइएको थियो ।

खानीखोला प्रहरीका अनुसार सो विष्फोटक पदार्थ सकेट बम रहेको खुलेको छ ।

यसैबीच धादिङकै नौबिसेमा पनि शंकास्पद बस्तु फेला परेको छ । अहिले सो स्थानलाई नेपाली सेनासहितका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर निष्कृय बनाउने प्रयास गरिरहेका छन् ।

काठमाडौंमा चार जनाको ज्यान जानेगरी बम विष्फोटका घटनापछि अन्य बिभिन्न जिल्लाहरुमा पनि विष्फोटक पदार्थहरु भेटिएका छन् । विष्फोट र विष्फोटक पदार्थ भेटिएका घटनाले सर्वसाधारण त्रसित छन् । सवारी साधन पनि कम चलेका छन् । पृथ्वी राजमार्ग क्षेत्रमा सुरक्षाकर्मीहरुले स्कर्टिङ गरेर गाडीहरुलाई गन्तव्यमा पुर्‍याइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस