ट्वीटरमा ओली र मोदीको नेपाली संवाद !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ अषाढ ६, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार ६,काठमाडौँ । आज पाँचौँ अन्तर्राष्ट्रिय योग दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी योग दिवस मनाइँदैछ । यही अवसरमा नेपालमा पनि योग दिवसबारे कार्यक्रम आयोजना गरियो । कार्यक्रममा प्रधानमन्त्री ओली स्वयम् सहभागी भए । यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमा योग दिवसबारे शुभकामना दिए । उनले लेखका थिए,

‘विश्व योग दिवसका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राच्य संस्कृतिको अनुपम उपलब्धि योग साधना मार्फत मन, वचन र कर्मले एकै स्थानमास्थित रही जीवनलाई स्वस्थ्य बनाउने सफलता मिलोस्, शुभकामना ।’

प्रधानमन्त्रीको ट्वीटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत जवाफ फर्काए, त्यो पनि नेपाली भाषामा नै ।

ट्वीटमा भारतीय प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीलाई नेपाली भाषामा नै धन्यवाद ज्ञापन गरेका छन् ।

उनले लेखेका छन्,

‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।’

ताजा अपडेट

खोजी गर्नुहोस