यातायात मजदुरलाई पाण्डेको सुझाव :’काम गरेर खान्छु,ठगेर खान्न भन्ने अभियान सुरु गर्नुस्’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ अषाढ ९, सोमबार (५ साल अघि)
  • ४५ पटक पढिएको
Post Thumbnail

असार ९,ललितपुर । नेपाल यातायात स्वतन्त्र मजदुर युनियनको ४० औँ स्थापना दिवसको अवसरमा लगनखेलमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिती सदस्य सुरेन्द्र पाण्डेले अन्तराष्ट्रिय अभ्यास अनुसार नेपालमा पनि यातायात मजदुरलाई सम्मानका साथ व्यवहार गर्नुपर्ने बताएका छन । नेता पाण्डेले सम्मान कै कारण मजदुरहरु राम्रो काम गर्न उत्साही हुने बताउदै अहिलेको असभ्य व्यवहार त्याग्न पर्ने बताए ।

उनले नेपालमा यातायात मजदुरलाई गरिने व्यवहार कै कारण समस्या भएको बताए । उनले चालकलाई नमस्कार भन्ने अभियान नेकपाको सबै तहमा लागु गर्नपर्नेमा जोड दिए । त्यस लगतै सबैले सबै किसिमका मजदुरहरुलाई सम्मानको भावले हेर्ने दृष्टिकोण फैलने बताए । उनले  काम गर्ने संस्कारलाई सम्मान गरेर अगाडी जान अनुरोध गरे । नेपालीहरु विदेश जानुको प्रमुख कारण नेपालमा श्रमको सम्मान नहुनु नै प्रमुख कारण रहेको बताए । उनले मजदुर नेताहरुलाई अनुरोध गर्दै भने–’ म मजदुर हुँ ,काम गरेर खान्छु,ठगेर खान्न, म उत्पादनमा लाग्ने मान्छे हुँ, म गौरव गर्छु भन्ने अभियान पनि सुरुवात गर्नुस् ।’ कार्ल माक्सले मजदुरहरु नै क्रान्तिको नायक हुन भनेको स्मरण गर्दै मजदुर नै बैज्ञानिक ढंगले चल्न सक्छन भन्ने पुष्टि हुने बताए ।

उनले एक प्रशंग कोट्याउदै जनताको लागी नै सरकार बनेकोले सरकार जनताप्रति जहिल्यै बफादार हुनुपर्नेमा जोड दिए । उनले प्रहरीलाई सुधार्न सकिए देशमा ८० प्रतिशत सुसाशन सुध्रने बताए । सबैभन्दा काम गर्ने प्रहरीलाई सुविधा दिन कञ्जुस्याई गर्न नहुनेमा उनको जोड थियो । नेता पाण्डेले यातायात मजदुरको समस्या समाधान गर्न राज्यले ध्यान दिनुपर्नेमा जोड दिएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस