विष्णु रिमालको दोषी चस्मा- सचिव पराजुलीको कडा टिप्पणी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ अषाढ २३, सोमबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार २३ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै गरेको ट्वीट सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

उनले बिहानै आक्रोसित हुँदै ट्वीटरमा लेखेका छन् ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन् दुःख दिन्छन् १ यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका ?’

उनको यो ट्वीटमा प्रतिक्रिया जनाउदै सत्ता पक्षकै नेताहरुले चर्को आलोचना गरेका छन् ।

उनको ट्विटको कटाक्ष गर्दै अनेरास्ववियु केन्द्रिय सचिव सुदेस पराजुलीले बालुवाटारमा बसेर जनताको करबाट तलब खानेहरुले जनतालाई छौँडा दृष्टिकोणले हेर्ने गरेको बताएका छन् । शासनको आसनमा बसेर कुनै दुरगामी असरको ख्यालै नगरी जे पायो त्यही बोल्न कसैलाई नि छुट नभएको उनको भनाइ छ। बालुवाटार बसेर आम नागरिकमा हेरिने दृश्टि समान हुनुपर्ने कुरामा जोड दिदै पराजुलीले भनेका छन्, त्यो चस्मामा दोष मिसिनु हुन्न ता कि कुनै ब्यक्ती ताकी हेर्ने नजरमा फरक नपरोस् ।

ताजा अपडेट

खोजी गर्नुहोस