असार २८,काठमाडौँ । पाठ्यपुस्तकमा मारबाडी समुदायलाई होच्याउॅने शब्दहरु प्रयोग गरिएको प्रती नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आपत्ती जनाएका छन ।
शनिबार एक विज्ञप्ती प्रकाशित गर्दै कोइरालाले नेपालको संबिधानले जात–जाती, भाषा, धर्म तथा संस्कृतीका आधारमा कसैलाई पनी भेदभाव गर्न पाईदैन भनेको छ। तर काठमाडौको एशियन पब्लिकेशनले प्रकाशन गरेको कक्षा–७ र ८ को ‘हेल्थ फिजिकल एजुकेशन’ नामक पुस्तकमा मारबाडी समुदायलाई होच्याउॅने शब्दहरु प्रयोग गरिएको कुराले गम्भिर बनाएको छ। उनले विज्ञप्तीमा उल्लेख गरेका छन ।
यसमा पाठ्यक्रम बिकास केन्द्रको समेत चरम लापरबाही देखिएको छ। उनले भनेका छन ।
कोइरालाले कसैले पनी कुनै समुदायलाई अपमान गर्ने शब्दहरु प्रयोग गर्छ भने त्यो आफुलाई कुनैपनी हालतमा स्विकार्य नहुने बताएका छन ।
तत्कालै सरकारले यस प्रकाशन र पाठ्यक्रम बिकास केन्द्रका पदाधिकारीहरुलाई कारबाही प्रक्रिया अगाडी बढाई उक्त पुस्तक बिक्रि बितरणमा तत्कालै रोक लगाईनुपर्ने काइरालाको माग रहेको छ ।