विप्लव नेकपा परित्याग गरेको नेता राईको घोषण (विज्ञप्ति)

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ अषाढ २८, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार २८, इटहरी । संखुवासभाका बाबुराम राई (विवश) ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको आफू कुनै पनि तहको जिम्मेवारीमा नरहेको घोषणा गरेका छन् ।

उनले शनिबार एक विज्ञप्ति प्रकाशन गर्दै आफू त्यो पार्टीको योङ रेड फोर्सको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा नहरेको विज्ञप्तिमार्फत स्पष्ट पारेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘मैले एक बर्षअघि नै सो पदबाट राजीनामा दिइसकेको छु ।’ साथै उनले सोही पार्टीको कुनै पनि जिल्लाको जिल्ला इन्चार्जसमेत नरहेको पनि जनाएका छन् ।

उनले आफ्नो स्वास्थ्य प्रतिकूल रहेको भन्दै अब स्वतन्त्रतापूर्वक जिवनयापन गर्नुका साथै स्वास्थ्य उपचारमा लाग्ने जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस