गोविन्दराज जोशीले १५ वर्षदेखि यसरी कचल्ट्याए आफ्नो मुद्दा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ अषाढ २९, आईतबार (५ साल अघि)
  • ४० पटक पढिएको
Post Thumbnail

असार २९, काठमाडौँ । राज्यको निकायसँग मिलेमतोमा ‘हाई-प्रोफाइल’ व्यक्तिले कसरी मुद्दालाई कचल्ट्याउन सक्छन् भन्ने गति उदाहरण हो, पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध भ्रष्टाचार मुद्दा।

यसले हाम्रो न्याय प्रणालीमाथि नै औंला ठठ्याइरहेको छ। डेढ दशकदेखि न्यायालयमा पुगेर पनि रुमल्लिइरहेको छ, यो मुद्दा।

न्यायिकदेखि अनुसन्धानकारी निकायसम्म जोशीले माकुरी जालो बुनेर त्यसैभित्र आफूलाई सुरक्षित राख्न सफल छन्।

२९ भदौ ०७१ मा सर्वाेच्चले मागेको एउटा कागजात हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेस गर्न नसकेपछि जोशीको मुद्दा अहिले पुनः सतहमा आएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस