रअ प्रमुख गोयल नेपालमा, राजनीतिक ब्युरो नियाल्ने पदाधिकारीसमेत संलग्न

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ श्रावण ६, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ६,काठमाडौँ । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल आइतबार नेपाल आएका छन। गोयलसहित पाँच जनाको टोली आइतबार दिउँसो काठमाडौं आएको हो ।

गोयल नेतृत्वको टोली पाँचदिने भ्रमणका लागि नेपाल आएको सुरक्षा निकायको उच्चस्रोतले जनाएको छ । ‘तत्कालका लागि पाँच दिन नेपाल बस्ने सूचना प्राप्त भएको छ’, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्रोतले भन्यो– ‘उहाँहरुको नेपाल बसाइ अझ लम्बिन सक्ने बुझेका छौं ।’

रअ प्रमुख गोयलसहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ । सो होटलको कोठा नं ३ सय २४ नम्बर गोयलका लागि बुकिङ भएको बताइएको छ । गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो । उनी यसअघि पनि र अर्का विशेष सचिवका रुपमा कार्यरत थिए । भ्रमण टोलीमा रअको राजनीतिक ब्युरो नियाल्ने पदाधिकारीसमेत संलग्न भएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस