असोज ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेको बेला २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेको पाइएको छ।
मन्त्रालय अन्तर्गतको संस्कृति प्रवद्र्धन कार्यक्रम शीर्षकमा यो रकम वितरण गरिएको छ।
तत्कालिन मन्त्री रवीन्द्र भट्टराईको फागुन दोस्रो साता निधन भएसँगै ओलीले पर्यटन मन्त्रालय सम्हालेका थिए।
मन्त्रालयमा राज्यमन्त्री रहे पनि उनलाई अधिकार प्रत्यायोजन गरिएको थिएन्।
गत साउन १५ मा योगेश भट्टराई मन्त्री भएसँगै प्रधानमन्त्रीले यो मन्त्रालय छाडेका थिए।
मन्त्रालयले गत आवमा ५२ संस्था र प्रतिष्ठानलाई पुँजीगत अनुदान उपलब्ध गराउने शीर्षकमा २६ करोड ३५ लाख रुपैयाँ विगतरण गरेको हो।
विभिन्न राजनेता, पार्टीका नेताको नाममा खुलेका तथा साहित्यकार र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई यो रकम वितरण गरिएको हो।
सबैभन्दा बढी अनुदान पाउनेमा मदन भण्डारी स्मृति प्रतिष्ठान र मदन भण्डारी स्मृति फाउन्डेसन छन्।
मोरङमा रहेको प्रतिष्ठानले पाँच र काठमाडौँमा रहेको फाउन्डेसनले चार करोड २५ लाख पाएका छन्।