महराको बयान दशैँपछि मात्र सुरु हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २०, सोमबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज २०, काठमाडौं । बलात्कार प्रयास गरेको आरोपमा आइतबार पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान दशैँपछि मात्र सुरु हुने भएको छ ।

अहिले सरकारी वकिलको कार्यालयमा दशैँको बिदा रहेको र कार्यालय खुलेपछि मात्रै बयान महानगरीय प्रहरी परिसर,काठमाण्डौका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

सरकारी वकिलको कार्यालयको दशैँ बिदा २६ गतेसम्म छ । त्यस्तै पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते पनि अदालतमा बिदा दिइएको छ ।

महराको बयान प्रहरी परिसर टेकुले नै लिने एसएसपी उत्तमराज सुवेदीले बताए । उनका अनुसार महराविरुद्ध जबरजस्ती करणी उद्योग र महिला हिंसामा मुद्दा चलाइनेछ । मुलुकी अपराध संहिता अनुसार यो आरोप पुष्टि भएमा उनलाई तीन वर्ष ६ महिना वा ५ वर्षसम्म कैद हुनेछ ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार साँझ नै प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्ला अदालत काठमाडौले पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले सभामुख निवास वालुवाटारबाटै महरालाई पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस