जेलभित्र लागूऔषध कारोबारीसँगै निवर्तमान सभामुख !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २१, मंगलबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

आश्विन २१,काठमाडौँ । मुलुकभर दशैंको रौनक छाएका बेला निर्वतमान सभामुख कृष्णबहादुर महरा प्रहरीको हिरासतमा पुगे । बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेर उनलाई सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।

सिंहदरबार वृत्तमा दुई वटा हिरासत कक्ष छन् । एउटा कक्षमा पुरुष र अर्कोमा महिलाहरुलाई राखिन्छ । महरा पुरुष हिरासत कक्षमा अन्य अभियुक्तसँगै बसिरहेका छन् । सो कक्षमा लागूऔषध कारोवारी र ठगीका अभियुक्तहरुसँगै उनलाई राखिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

हिरासतको सुरक्षार्थ खटिएका अधिकृतहरुका अनुसार महरा उदास र मौन देखिएका छ । सोमबार दिउँसो हिरासत कक्षको सीसी टीभीमा हेर्दा उनी सुतिरहेका थिए ।

अधिकृतहरुका अनुसार उनले केही बेर पुस्तक पनि पढे । उनलाई प्रहरी अधिकृतका लागि बनाइएको खाना दिइएको छ । वीर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा ‘ब्लड प्रेसर हाइ’ देखिएपछि उनलाई नुन र अमिलो कम हालेको खान पहिल्यै झिकिन्छ ।

स्वास्थ्यमा समस्या नआओस् भनेर एक जना चिकित्सक पनि तैनाथ राखिएको छ । श्वासप्रश्वासमा असहज हुन सक्ने भएकाले अक्सिजन पनि तयारी अवस्थामा राखिएको छ ।

लामखुट्टेको समस्या नहोस् भनेर धुपको पनि व्यवस्था गरिएको प्रहरी स्रोत बताउँछ । स्वास्थ्यका कारण उनलाई छुट्टै कोठामा एक्लै राख्ने विषयमा छलफल भइरहेको स्रोतको दाबी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस