विजया दशमी: प्रधानमन्त्री ओलीले दिउँसो २ देखि ४ सम्म टीका लगाइदिदैं

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ आश्विन २१, मंगलबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यकर्ता र शुभेच्छुकलाई दशैंको टीका लगाइदिने समय तालिका छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालका अनुसार दशैंको टीकाको दिन (आज) दिउँसो २ देखि ४ सम्म मन्त्री, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाउने कार्यक्रम तय भएको छ।

यस्तै दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाउने कार्यक्रम निर्धारण गरिएको छ। त्यसपछिका दिनमा टीका लगाइदिने कार्यक्रम रहेको छैन।

प्रधानमन्त्रीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिने बताइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस