असोज २१, काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादसैँको दशौँ दिन आज आफ्ना मान्यजनको हातबाट टीका तथा जमरा लगाइँदै छ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दसैँको टीका लगाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले पिता माेहनप्रसाद ओलीकाे हातबाट टीका तथा जमरा ग्रहण गरेका हुन्।
टीकाकाे शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा भएपनि प्रधानमन्त्री ओलीले करीब साढे दुई बजेपछि मात्रै टीका ग्रहण गरेका हुन्।
बुबासँग टीका ग्रहण गर्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीकाे हातबाट टीका लगाएका थिए। प्रधानमन्त्री ओलीका पिता आजै मात्र झापाबाट काठमाडाैँ आइपुगेका हुन्।
यस्तै प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, पर्यटन मन्त्री योगेश भट्टराई, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, सञ्चार मन्त्री गाेकुल बास्काेटा लगायत सुरक्षा निकायका प्रमुखहरुलाई समेत टीका लगाइदिएका छन्।