असोज २१, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट दशैँंको टीका ग्रहण गरेका छन्।
प्रधानमन्त्री ओलीले मंगलबार अपरान्ह २ बजेर ३६ मिनेटमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुबा मोहनप्रसादको हातबाट बडा दशैँको टीका र जमरा ग्रहण गरेका हुन्। त्यसपछि प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई दशैँको टीका र जमरा लगाई दिए।
उनले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेकपाका नेताहरु, सांसदहरु, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानसेनापति पूर्णचन्द्र थापा, गृहसचिव प्रेमकुमार राई, आफ्ना सुरक्षाकर्मीहरु र सचिवालयका अन्य सदस्यहरुलाई टिका र जमरा लगाई दिए।