आफ्नो सम्पती राज्यलाई सुम्पँदै प्रधानमन्त्री ओली ! गरे यस्तो घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २२, बुधबार (५ साल अघि)
  • ५१ पटक पढिएको
Post Thumbnail

असोज २२, झापा । विजयादशमीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार गृह जिल्ला झापामा सबै पार्टीका नेता कार्यकर्तासँग शुभकामना आदानप्रदान गरेका छन् ।

बर्सेनि विजयादशमीका अवसरमा आफैँले आयोजना गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिँदै प्रधानमन्त्री ओली आपसी सद्भाव र आत्मीयता साट्न गृह जिल्ला झापा आएका हुन् । एउटा राजनीतिज्ञका रुपमा २०५१ सालदेखि शुरु गरेको शुभकामना आदानप्रदान कार्यक्रम २६ औँ वर्षमा पुगिरहँदा यसपटक झापाको दमकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलका नेतालाई पनि आमन्त्रण गरेर शुभकामना दिए ।

प्रधानमन्त्रीको निम्तोलाई स्वीकार गर्दै काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला, राप्रपाका सहमहामन्त्री राम थापा लगायत विभिन्न पार्टीका नेता कार्यकर्ता कार्यक्रममा सहभागी भएका छन् । अघिल्ला वर्षमा तत्कालीन एमाले कार्यकर्ताको मात्रै सहभागिता रहने कार्यक्रममा यसपटक भने अरु दलका नेता कार्यकर्ताले पनि प्रवेश पाएका हुन् ।

सधैँ औपचारिकतामा सीमित हँुदै आएको शुभकामना आदानप्रदान कार्यक्रममा यसवर्ष विभिन्न जातिका झाँकी र नृत्य प्रस्तुत भए । पद, सत्ता र शक्तिमा रहँदा होस् वा नरहँदा ओलीले बर्सेनि गृह जिल्लामा आफैँले कार्यक्रम आयोजना गर्दै आएका छन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चाडपर्वलाई रमाइलो गर्ने माध्यमका रुपमा मात्रै सीमित राख्न नहुने बताए । ‘चाडको मर्यादाले बिग्रिएका सम्वन्धहरु पनि जोडिन्छन्’, उनले भने, ‘चाडले शिष्टता सिकाउँछ ।’ आफ्नो स्वास्थ्य अवस्था र यतिञ्जेलको सङ्घर्षका विषयमा समय खर्चिएका प्रधानमन्त्री ओलीले फाउमा पाएको जिन्दगीमा सम्पत्ति कमाउने लोभ नभएको भन्दै आफ्नो सम्पत्ति राष्ट्रलाई समर्पण गर्ने घोषणा पनि गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस