चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सकिने बित्तिकै काठमाडौँ-बेइजिङ सिधा उडान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २२, बुधबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाडौं । सुरक्षा, विकास, आपसी सहयोग र ‘कनेक्टिभिटी’ लाई केन्द्रमा राखी हुन लागेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सकिएको दुई सातामै काठमाडौँ बेइजिङसँग सिधा उडानबाट जोडिने भएको छ।

चिनियाँ लगानीको तर नेपालमा दर्ता भएको हिमालयन एयरलाइन्सले अक्टोबर २८ देखि बेइजिङमा हालै निर्मित डाक्सिन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु हुने भएको हो।

यस्तै राष्ट्रपति सी जिनपिङको नेपाल यात्रासँग जोडेर चीनको आग्रह बमोजिम नेपालले चीनसँग सुपुर्दगी सन्धि र पारस्परिक कानूनी सहायता सम्बन्धी सहमतिलाई अन्तिम रुप दिन पनि दुई पक्ष अभ्यासरत छन्।

ताजा अपडेट

खोजी गर्नुहोस