असोज २४, काठमाडौं । चीनका राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको अवसर पारेर सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राष्ट्रपति सीले शनिबार र आइतबार नेपालको भ्रमण गर्ने तय भएको छ ।
सरकारका प्रवक्ता गोकुल बास्कोटाले गृहले आज (शुक्रबार) सूचना जारी गर्ने बताए ।