चिनियाँ राष्ट्रपति सी काठमाडौंमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २५, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज २५, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् ।

राष्ट्रपति सी भारतको चेन्नईबाट काठमाडौँ आज अपराहन्न काठमाडौँ आइपुगेका हुन् ।

भारतको दुई दिने भ्रमणका लागि शुक्रबार चेन्नई पुगेका सीले भ्रमण सकेर नेपाल आएका हुन् ।

राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्दै छन् ।

चीनबाट २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण भएकोले सीको यस भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

विमानस्थलबाट उनी सिधै होटल सोल्टी जानेछन् भने आजै शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि काठमाडौँमा भव्य तयारी गरिएको छ ।

सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ भने विदेशी विशिष्ट पाहुनाको उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस