राष्ट्रपति सीलाई भव्य स्वागत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २५, शनिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज २५, काडमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति सीलाई उच्च सुरक्षाका साथ भव्य स्वागत गरिएको छ ।

राष्ट्रपति सी भारतको चेन्नईबाट काठमाडौँ आज अपराहन्न काठमाडौँ आइपुगेका हुन् ।

राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्दै छन् ।

चीनबाट २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपालमा राजकीय भ्रमण भएकोले सीको यस भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस