असोज २५, काडमाडौं । नेपालको दुई दिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङ सोल्टी होटल पुगेका छन्।
उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट अधिकारीहरुले स्वागत गरेका थिए।
त्यसपछि सी आफू बस्ने होटल सोल्टी पुगेका हुन्। उनी केहीबेरमा राष्ट्रपति भवन शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। त्यसपछि आजै पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रिपति सी जिनपिङको सम्मानमा सोल्टी होटलमा रात्रिभोजको आयोजना समेत गरेकी छन्।
सी आइतबार बिहान केही महत्वर्पूण दुइपक्षिय भेटघाटमा सहभागि भएर स्वदेश फर्कने कार्यक्रम रहेको छ।