सी ले दिए ग्रिन सिग्नल : सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २५, शनिबार (५ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

आश्विन २५,काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् । दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार अपराहृन काठमाडौं आएका राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रीभोज आयोजना गरेकी थिइन् ।

शीर्ष नेताहरुको उपस्थिति रहेको रात्रीभोजलाई दुवै राष्ट्रपतिले सम्बोधन गरेका थिए । पहिले सम्बोधन गरेकी भण्डारीले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको नेपाली जनताले देख्न चाहेको बताएकी थिइन् ।

त्यसपछि सम्बोधन गरेका राष्ट्रपति सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताए । उनले रसुवागढी-छहरे-काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तरोन्नती गर्ने पनि बताए । उनले भने-मलाई आशा छ, दुई देशबीच सुविधाजनक कनेक्टिभिटी सञ्जाल निर्माण हुनेछ ।

आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तामा यसबारे औपचारिक सहमतिमा हस्ताक्षर हुने बताइएको छ । राष्ट्रपति सीले ल्याण्डलक्ड नेपाल अब ल्याण्डलिङ्क्ड हुने समेत बताए ।

चिनियाँ राष्ट्रपति सीले नेपाल-चीन सम्बन्धमा कुनै समस्या नरहेको, मित्रतामात्र रहेको पनि बताए । नेपाल आउँदा पुराना तथा नयाँ साथीहरुसँग भेट भएको भन्दै उनले भने-‘आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।’

नेपाली नेतासँग मिलेर दुई देशको सम्बन्धको नयाँ खाका कोरेको भन्दै सीले भने-‘हामीले बनाएको योजना पूरा गरौं, चीनमा पनि हामीले यस्तै गर्दै आएका छौं ।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र आफूबीच चुनौती र कठिनाइको सामना गर्ने र विकास तथा समृद्धितिर जान सहकार्य गर्ने सहमति भएको समेत जानकारी दिए ।

सीले नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई नेपालमा जान उत्प्रेरित गर्ने पनि बताए । साथै जलवायुबारे नेपालको चासोको समर्थन गर्ने र हिमालय क्षेत्रको रक्षामा सहयोग गर्नेसमेत सीले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस