असाज २६, काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले शनिबारदेखि नै राजनीतिक भेटवार्ता थालेका छन् । स्वदेश फर्कनुअघिसम्म उनी आइतबार (आज) पनि राजनीतिक भेटवार्तामा व्यस्त रहने छन् ।
चिनियाँ राष्ट्रपति सी ले शनिबार (हिजो) बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरे । यस्तै प्रमुख विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरे ।
सी ले आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्यहरुसँग भेटवार्ता गर्दै छन् । बिहान साढे ३० बजेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपाका सचिवालय सदस्यहरुले सामूहिक रुपमा सी सँग भेटवार्ता गर्ने छन् ।
त्यस लगत्तै सी र प्रचण्डबिच एक्लाएक्लै भेटवार्ता हुनेछ । प्रचण्डसँगको भेटपछि सी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच शिष्टाचार भेट हुनेछ । ११ बजे सी र ओलीबिच भेट हुने कार्यक्रम छ । भेट लगत्तै द्विपक्षीय वार्ता हुनेछ ।
सी मध्याहन्न १२ बजेपछि स्वदेश फिर्ताका लागि विमानस्थल तर्फ जाने र दिउँसो १ बजे चीनका लागि प्रस्थान गर्ने कार्यक्रम छ । सरकारले सी को भ्रमणलाई लक्षित गरेर आइतबार सार्वजनिक बिदा दिएको छ ।