स्वतन्त्र तिब्बत पक्षधर भएको आशंकामा ५० जना पक्राउ, सुरक्षालाई मध्यनजर गर्दै सादा पोशाकमा सुरक्षाकर्मी तैनाथ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ आश्विन २६, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असाज २६, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल आगमनको पहिलो दिन शनिबार स्वतन्त्र तिब्बत आन्दोलनका समर्थक भएको आशंकामा करिब ५० जनालाई गिरफ्तार गरेपछि भ्रमणको दोस्रो दिन सरकारले त्यस्ता गतिविधिमा सुरक्षा निगरानीलाई तीव्र पारेको छ ।

तिब्बतीहरु र उनीहरुलाई समर्थन जनाउन सक्ने केही पश्चिमा नागरिक तथा नेपालका मानवअधिकारवादी संस्थाहरुप्रति लक्षित गर्दै केही ठाउँहरुमा निगरानी बढाइएको उच्च सुरक्षा स्रोतले बतायो ।

बौद्ध, चाबहिल, जावलाखेल र स्वयम्भू क्षेत्रमा नेपाली सेनालाई तैनाथ गरिएको छ । यी क्षेत्रमा उच्च निगरानी पनि व्यस्थित गरिएको स्रोतले बतायो । यी क्षेत्रमा बौद्ध भिक्षु तथा सर्वसाधारणको आवगनमा पनि रोक लगाइएको छ । सी भ्रमणको पहिलो दिन करिब ५० जनालाई गिरफ्तार गरिएको थियो ।

सी भ्रमणमा विरोध जनाउन भारतको धर्मशाला र नेपालमा पश्चिमादाताबाट सञ्चालित मानवअधिकारवादी संस्थाले पनि सहयोग गर्न सक्ने भएकाले केही एनजिओ–आइएनजिओका कार्यालय अगाडि सादा पोशाकमा सुरक्षाकर्मी तैनाथ गरिएको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस