चिनियाँ राष्ट्रपति र नेकपा नेताहरुबीच सामूहिक भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २६, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

आश्विन २६,काठमाडोँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच आइबार बिहान सामूहिक भेटवार्ता भएको छ । होटल सोल्टीमा सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र प्रचण्ड नेतृत्वको नेकपा नेताहरुबीच सामूहिक भेटवार्ता भएको हो ।

भेटवार्तामा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका सहभागी छन् । सो भेटमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी छैनन् ।

सामूहिक भेटवार्तालगत्तै सी र प्रचण्डबीच पनि एक्लाएक्लै वार्ता हुने कार्यक्रम रहेको छ ।

शनिबार दुई दिने नेपाल भ्रमणको सिलसिलामा आएका सी आइतबार दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस