कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २६, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

आश्विन २६,रौतहट । नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । सांसद आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको हो ।

प्रदेश २ का प्रहरी प्रमुख, डीआईजी प्रद्धुमन कार्कीले सांसद आलमलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छ्न । ‘उनलाई हामीले नियन्त्रणमा लिएका छौं,’ डीआईजी कार्कीले भने, ‘पुरानो एउटा केसको अनुसन्धानको लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।’

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । ०६४ चैत २७ गते राति रौतहटको राजपुरमा बम विस्फोट भएको थियो । संविधानसभाको पहिलो चुनाव लक्षित गरी बम बनाउँदै गर्दा विस्फोट भएको घटना लुकाउन घाइतेहरुलाई इँटाभट्टामा हत्या गरेको आरोप आलममाथि छ ।

आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको छ । उनी रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सा‌ंसद हुन् । मन्त्री समेत भइसकेका आलम कांग्रेस जिल्ला सभापति हुँदै केन्द्रीय सदस्यसमेत भइसकेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस