असाज २६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालको राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको दाबी गरेकी छिन्।
सी लाई सरकारले विशेष सम्मानका साथ विदाई गरेको केही घण्टापछि आइतबार राष्ट्रपति भण्डारीले ट्वीटमार्फत त्यस्तो दाबी गरेकी हुन्।
उनले ट्वीटरमा लेखेकी छन्,‘हाम्रो निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङज्यूको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीन बीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ। महामहिमज्यूले नेपाल र नेपालीप्रति दर्शाउनु भएको अपार सद्भावका लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।’
यसअघि प्रधानमन्त्री ओलीले पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाल र चीनबीचको सम्बन्धमा नयाँ आयाम थपेको भन्दै ट्वीट गरेका थिए।