पूर्व अर्थ सहायक मन्त्री तथा व्यवसायी रुप ज्योति पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक २२, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक २२, काठमाडौं । पूर्व अर्थ सहायक मन्त्री तथा व्यवसायी रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौको टोलीले ज्योतीलाई बिहीबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ रुपैया उठाएर ठगी गरेको आरोप लागेका ज्योतीलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको परिसरका प्रवक्ता डीएसपी होमिन्द्र बोगटीले जानकारी दिए ।

ललितपुर जिल्ला अदालतले मुद्दाको छिनोफानो नभएसम्म ज्योतीलाई पक्राउ नगर्न आदेश दिएकोमा सर्वोच्च अदालतले बिहीबार उनलाई पक्राउ गर्नबाट रोक्न नमिल्ने फैसला गरेको केही समयपछि नै प्रहरीले पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस